कक्षा ९ की छात्राले जन्मदिन मनाउने रुपैयाँ पठाइन् किसान आन्दोलनका लागि


काठमाडौं । १५ वर्षीया मञ्जिता साहले आफ्नो जन्मदिन मनाउने पैसा किसान आन्दोलनमा सहयोग गरेकी छिन् ।

सुनसरी स्थायी घर भएकी मञ्जिता काठमाडौंस्थित सैनिक महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । आफ्नो परिवारका सदस्यहरु पनि किसान भएकोले र किसानको लागि आन्दोलन भइरहेकोले आफ्नो जन्मदिनमा खर्च हुने रकम आन्दोलनमा सहयोग गरेको बताइन् ।

किसान आन्दोलनका लागि आर्थिक सहयोग माग गरिएको बैंक अकाण्टमा मञ्जिताको परिवारबाट ११ हजार रुपैंया पठाइएको छ । मञ्जिताले किसान आन्दोलनमा सहयोग गर्न पनि आग्रह गरेकी छिन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ