Breaking- वडासचिव साह घुससहित अख्तियारको फन्दामा


बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ ।

जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ