युट्यूवरलाई कुट्ने म्यानपावर सञ्चालक ठगी आरोपमा पक्राउ


काठमाडौं । युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो । यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीमाथि पनि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ