किसान आन्दोलनमा सहभागी हुन अन्य पार्टी र संघ संगठनलाई सीके राउतको आह्वान


जनकपुरधाम । जनमत पार्टीले किसान आन्दोलन सफल पार्नका लागि ‘संयुक्त किसान आन्दोलन मोर्चा’ बनाउन आह्वान गरेको छ ।

जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले विज्ञप्ती जारी गरेर शान्तिपूर्ण र सशक्त आन्दोलनका लागि मोर्चा बनाउन किसानको हित चाहने राजनैतिक दल तथा संघ-संगठनहरूलाई आह्वान गरेका हुन् ।

जनमत पार्टीले बिहीवारदेखि पुन: पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । सरकारले किसान आन्दोलनलाई पूर्ण रूपमा बेवास्ता गरेको, उल्टा आन्दोलनमाथि दमन गरेको, झुठा मुद्दा लगाएको तथा आन्दोलनकारीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गर्न थालेका कारण मोर्चा बनाउने जनमत पार्टीले जनाएको छ ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी पौष ९ गतेदेखि आन्दोलित छ ।तर सरकार माग सम्बोधन गर्न तयार देखिएको छैन् ।

प्रकाशित : २०७८ माघ २१, शुक्रबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ