मधेसका जिल्लाहरुमा छैन विजुली !


जनकपुरधाम । शुक्रवार दिनभर चलेको हावाहुरीका कारण तीन जनाको मृत्यू त भयो नै,, अधिकांश जिल्लामा विजुली पनि अवरुद्ध भएको छ । जनकपुरका विभिन्न टोल, सिरहा, महोत्तरी, पर्सा लगायत मधेसका धेरै ठाउँमा विजुली अवरुद्ध भएको हो ।

जनकपुरको वकिल टोलमा विजुली गएको २४ घण्टा वितिसकेको छ । विजुली नहुँदा स्थानीय जनता समस्या झेल्न बाध्य छन् । स्थानीय विपिन यादवको गुनासो छ- विद्युतका कर्मचारी र कार्यालयमा फोन गर्छु । तर फोन रिसिभ गरेर राखिदिन्छन् ।

यस्तै सिरहाको गोलबजारमा राति करिब साढे ८ बजे बल्ल विजुली आएको छ । दिनभर विजुली अवरद्ध रहँदा सर्वसधारण समस्या झेले । सिरहाको अन्य स्थानमा पनि हावाहुरीकै कारण दिनभर विजुली अवरुद्ध थियो ।

यता, पर्साको धेरै ठाउँमा पनि विजुली अवरुद्ध भएको छ । वीरगन्ज महानगरको छपकैया, प्रसौनी, बिन्दवासिनी, परवानीपुर, चोर्नी, जगरनाथपुरलगायत क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
दिउँसो ३ बजेसम्म करिब ८० प्रतिशत अवरुद्ध विद्युत् सेवा सुचारु गरिसकिएको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्र प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हावाहुरीले विद्युत्‌ पोल ढालेको वा त्यस खालको ठूलो क्षति भएको छैन । मधेसका धेरै ठाउँमा विजुलीको पोल हावाहुरीले ढालेपछि दिनभर विजुली अवरुद्ध बनेको सम्बन्धित जिल्लाका विद्युत कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २१, शुक्रबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ