जसपा केन्द्रीय सदस्य सिंह माओवादीमा प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन् । सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए ।

माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए ।

आफू माओवादीमा प्रवेश गरेसँगै सिंहले आफ्ना करिब सातसय नेता-कार्यकर्तालाई माओवादीमा ल्याउने संयोजक मानसिंहको विश्वास छ ।

सिंह जसपाअघि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए । उनी डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व-अध्यक्षसमेत हुन् ।

पछिल्लो समय निर्वाचन केन्द्रित सभा सम्मेलन र भेला गरेर विभिन्न राजनीतिक दलहरूले नेता-कार्यकर्ता आफ्नो पार्टीमा तान्‍ने होडबाजी जस्तै चल्‍न थालेको छ ।

प्रकाशित : २०७८ माघ २२, शनिबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ