मेयर शाह कांग्रेसमा प्रवेश गरे


बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं। ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।

शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् ।

प्रकाशित : २०७८ माघ २२, शनिबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ