प्रचण्ड र देउवाले MCC बारे अमेरिकालाई पत्र पठाएको खुलासा, के छ पत्रमा ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ ।

पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठाएको खुलाएको हो ।

यही आधारमा एमसीसीले २८ फेब्रुअरीलाई समयसीमा दिएर टुंगो दिन भनेको छ । यसअघि देउवाले बेलायत भ्रमणबाट फर्किएर प्रचण्डसहित आफूले पत्र पठाएको खुलासा गरेका थिए ।

प्रचण्डले भने एमसीसी पारित गर्नेबारे उल्लेख नगरेको अभिव्यक्ति दिदै खण्डन गरेका थिए । तर, एमसीसीले नै पारित गर्न ५ महिनाको समयसीमा मागेको उल्लेख गरेको छ । – रिपोटर्स नेपाल

प्रकाशित : २०७८ माघ २३, आईतवार १०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ