शहिदनगरका अधिकृत यादवसहितका कर्मचारी गाडीमै कुटिए


जनकपुरधाम | धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शत्रुधन यादव लगायतका कर्मचारी गाडीमै कुटिएका छन् ।

आज दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको सरकारी नम्बर प्लेट प्रदेश २-००२-००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा सवार अधिकृत यादव सहितलाई एक समुहले कुटपिट गरेका हुन् । गाडीमा चालक, कार्यालय सहयोगी र दुई जना गरी ५ जना सवार थिए । उनीहरुमाथि समेत यूवाहरुको समूहले अन्धाधुन्द मुक्का प्रहार गरेको भिडिओमा देखिन्छ ।

यता, नगर प्रमुख उदय कुमार बरमरियाले लागुऔषध खाएका यूवाहरुले अधिकृत यादवसहित ५ जनामाथि सामान्य कुटपिट गरेको बताएका छन् ।

उनले नेपाल प्रेससंग भने, ‘सामान्य कुटपिट भएको छ । घाइते कोही भाको छैन् । अगाडीमा बसेका एक जनालाई बढी चोट लागेको छ ।’ कुटपिट गर्ने युवाहरुको पहिचान गर्न नसकिएको उनको भनाई छ ।

यो घटनाबारे प्रहरी भने अनभिज्ञ छन् । प्रहरी प्रवक्ता डिएसपी दिपक राईले शहिदनगरमा आज कुटपिटको घटना नै भएको छैन् । सामाजिक संजालमा आएका भिडिओहरु पुरानो हुनसक्छ ।’

प्रकाशित : २०७८ माघ २३, आईतवार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ