मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।

नागरिक अभियानकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले आइतवार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् उनीविरुद्ध जाहेरी दरखास्त दिएका हुन् ।

२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसं हार दोहोर्‍याउने आसयको अभिव्यक्ति दिएकी थिइन् ।

मन्त्री यादवको उक्त अभिव्यक्तिले विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्व न्द्व फैलाउने जाहेरीमा उल्लेख छ ।

कानुन अनुसार हदैसम्मको कारबाहीको माग गरी उक्त जाहेरी दरखास्त हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको दाहालले जानकारी दिए ।

प्रकाशित : २०७८ माघ २४, सोमबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ