मात्रिका यादव भन्छन्- प्रचण्डले एमसीसीलाई पत्र लेख्नु बाध्यता थियो


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वमन्त्री मात्रिका यादवले एमसीसी नेपालको हितमा रहेको छ वा छैन भन्ने कुरा पहिले हेर्नुपर्नेमा जोड दिएका छन् ।

उनले प्रचण्डले प्रतिगमनविरुद्धको लडाई लडेर किस्तीमा लगेर शेरबहदुर देउवालाई प्रधानमन्त्री पद दिएको सुनाए । उनले अग्रगमनमा मुलुकलाई अघि बढाउनको लागि आफूहरुले देउवालाई प्रधानमन्त्री बनाएको जिकिर गरे ।

नेता यादवले कतिपय कुरामा प्रचण्डको उदारता धेरै नै देखिएको सुनाए । तर, प्रचण्डले एमसीसी यथास्थितिमा पास नगर्ने भनेर भनिसकेको पनि उनको भनाई छ ।

उनले प्रतिगमनलाई परास्त गर्नको लागि नै आफूहरुले गठबन्धनको सरकार बनाएको दाबी गरे । एमसीसीलाई पत्राचार गर्दा प्रचण्डले हस्ताक्षर गर्नु बाध्यता थियो भन्ने उनको भनाई छ । उनले आफूहरुलाई देश बेच्नेखालको पैसा नचाहिने पनि दाबी गरे ।

प्रकाशित : २०७८ माघ २४, सोमबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ