नेपाल–कोरिया हवाई उडान कहिलेबाट सुरु हुँदैछ ? हेर्नुस्


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिहरूले नेपाल एअरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्नका लागि माग गरेका छन् ।

आज सोमवार मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एअरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्रयाउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहल होस् ।’

निर्देशक ह्वाङ्क्युले राख्नुभएको प्रस्तावका विषयमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, ‘तपाईँहरूले राख्नुभएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।’

प्रकाशित : २०७८ माघ २५, मंगलवार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ