न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक, हेर्नुस् सूची


काठमाडौं । लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।

लोक सेवा आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत न्याय, कानून र सरकारी वलिक समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी न्यायमा ३६ जना, दोस्रो सरकारी वकिलमा २४ जना र कानूनतर्फ ७ जना सिफारिस भएका छन् ।

यस्तै महिलातर्फ १८ जना सिफारिस हुँदा सबैभन्दा बढी न्याय सेवामा १० जना, सरकारी वकिल सेवामा ६ जना र कानून सेवामा २ जना सिफारिस भएका छन् ।

आदिवासी जनजातितर्फ १४ जना सिफारिस हुदाँ न्याय सेवामा ८ जना, सरकारी वकिल सेवामा ५ जना र कानून सेवामा एक जना सिफारिस भएका छन् । मधेशीतर्फ ८ जना सिफारिस हुदाँ सरकारी वलिक सेवामा ४ जना, न्याय सेवामा तीन जना र कानून सेवा एक जना सिफारिस भएका छन् ।

दलिततर्फ ३ जना सिफारिस भएकोमा दुई जना सरकारी वलिक र एक जना कानून सेवामा, अपांगता भएका व्यक्तितर्फ २ जना सिफारिस भएकोमा एक जना सरकारी वकिल सेवा र एक जना न्याय सेवा र पिछडिएको क्षेत्रतर्फ २ जना सिफारिस हुदाँ एक जना कानून र एक जना न्याय सेवामा सिफारिस भएका छन् ।

प्रकाशित : २०७८ माघ २५, मंगलवार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ