जनकपुर : एम्बुलेन्स चालक संघका अध्यक्ष साहमाथि आक्र-मण


जनकपुरधाम । मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहमाथि आक्र-मण भएको छ ।

स्थानीय बजरंग चोकमा रहेको जानकी हेल्थ केयरबाट घर जाने क्रममा अचानक ३/४ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सडकमा आएर अध्यक्ष साहमाथि आक्र-मण गरेको साहले बताए ।

उनको आँखामा चोट लाग्दा देख्नै न सकिने अवस्था रहेको छ । त्यस्तै उनको हातमा पनि चोट लागेको देखिएको छ । घाइते साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

प्रकाशित : २०७८ माघ २६, बुधबार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ