मधेशमा जाँचबुझ आयोगसम्बन्धी विधेयक पारित


जनकपुरधाम । मधेश प्रदेशमा जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा यो विधेयक सर्वसम्मतिले पारित भएको हो । २०७६ साल असार महिनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको यो विधेयक झण्डै अढाइ वर्षपछि पारित भएको छ ।

प्रदेशभित्रको सार्वजनिक महत्वको बिषयमा जाँचबुझ गर्न यो विधेयक बनाइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बताए । प्रदेश सरकारले यसको गठन गर्ने उनले बताए ।

आयोगमा पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका बहालवाला सचिव, सहसचिव वा पूर्वसचिव वा उपसचिव अध्यक्ष र सम्बन्धित बिषयका विज्ञसहित अन्य बढीमा दुई जना सदस्य रहनेछन् ।

प्रकाशित : २०७८ माघ २६, बुधबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ