मन्त्री आलेको एक्सन- याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटलको क्यासिनोको लाइसेन्स रद्द गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ । ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व पटक पटक ताकेता गर्दा पनि नतिरेपछि लाइसेन्स रद्द गरिएको हो ।

होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णय समेत भएको विभागले जनाएको छ । मन्त्री आलेले रोयल्टी नबुझाउने क्यासिनो सन्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए ।

यसबीचमा रोयल्टी नतिरी फरार हुन लागेका क्यासिनो सन्चालक माइक बोल्सोभरलाई अध्यागमनबाटै रोक्न लगाएका थिए । यसबीचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार ०७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ