यस्तो छ एसइईको परीक्षा तालिका, हेर्नुस् डिटेल


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन ।

दुवै वर्ष विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ