मधेस : यतिधेरै लागूऔषध बरामद, मान्छे फरार !


सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवामा ठूलो परिमाणमा लागूऔषध बरामद् भएको छ ।

शुक्रबार बरहथवा नगरपालिका १७ श्रीपुर कटानीबाट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद् भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको छ ।

ना. ५५ प ९२८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको सशस्त्र प्रहरीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्ने बित्तिकै त स्कर लागूऔषध र मोटरसाइकल छाडेर भागेका थिए ।

बरामद लागूऔषध र मोटरसाइकल आवश्यक जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ