महोत्तरी सहितका ६ एसपीको सरुवा, हेर्नुस् डिटेल


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

बर्दियामा वीरेन्द्र शाही, चितवनमा नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि शाही अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा रहेका थिए भने बाग्मती प्रदेशमा रहेका अधिकारी चितवनमा सरुवा भए ।

अपराध महाशाखामा रहेका पंगेनीलाई महोत्तरीमा पठाइएको हो । महोत्तरीमा भएका दिनेश आचार्य अपराध महाशाखामा पुगेका छन् ।

बर्दियामा रहेका ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य विभागमा लगिएको छ ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ