प्रचण्ड र नेपाल अगाडी देउवाले MCC संसदमा पेश गर्ने प्रस्ताव राखेपछि…


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेश गर्न प्रस्ताव गरेका छन् ।

शनिवार बिहान सत्तारूढ गठबन्धन दलका तीन शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीको प्रस्ताव माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अस्वीरकार गरे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्तावमा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएपछि बैठक विना निष्कर्ष सकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले अब एमसीसीलाई संसदमा पेस गरी आआफ्ना कुरा त्यहीँ राख्नु मनासिब हुने बताएको तर अध्यक्ष दाहाल र नेपालले त्यसअघि साझा धारणा बनाउनुपर्नेमा जोड दिएको थियो ।

प्रकाशित : २०७८ माघ २९, शनिबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ