दुई मन्त्री थप्ने प्रधानमन्त्री देउवाको तयारी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री थप्ने तयारी गरेका छन् । आउँदो सोमबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने उनको तयारी छ ।

देउवानिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थप गर्न लागेका हुन् । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन् ।

थपिने दुवै मन्त्री नेपाली कांग्रेसका तर्फबाट हुने स्रोतको दाबी छ । गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो । त्यसपछि उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् ।

अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ । दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । यसअघि सुजाता कोइरालालाई मन्त्री बनाउने चर्चा चलेको थियो, तर अहिले उनी मन्त्री बन्ने कि नबन्ने विषय अन्यौल भएको छ ।

प्रकाशित : २०७८ माघ २९, शनिबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ