जनकपुर : प्रहरीले गरे २ बच्चाको सकुशल उद्धार


जनकपुरधाम । धनुषा प्रहरीले सम्पर्कविहीन बनेका दुई बच्चाको शुक्रबार सकुशल उद्धार गरी आफन्तको जिम्मा लिगाएको छ ।

जनकपुरधामबाट शिशु अपहरण गरेको आरोपमा तीनजना पक्राउ परेको दुई दिन नबित्दै हराएका दुई बच्चा फेला पार्न धनुषा प्रहरी सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दिक्षाणत दासलाई जनकपुरधाम उपमहानगरपालिकाकै-९ थापाचोकबाट उद्धार गरिएको छ ।

त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधामस्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गरिएको छ ।

सिरहा जिल्लाको बरियारपट्टी नगरपालिका वडा नं घर भई जनकपुरधामको मणिपालक्षेत्रमा नन्दकहाँ गत एक महिनादेखि बसोबास गर्दै आएकी दीपिका दासका छोरा दिक्षाणतलाई दुई घन्टाकै अन्तरालमा उद्धार गरिएको थियो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ५ बस्ने बुधन मुखिया छोरीको बिहाका लागि जानकी मन्दिरमा आएका बेला चटपटे किन्न बाहिर गएकी बेला हराएकी उनकी अर्की छोरी सोनीकुमारीलाई दुई घन्टा ३० मिनेटभित्रमै खोजी गरिएको थियो ।

धनुषा प्रहरीले साना बच्चाहरूलाई घरबाहिर खेल्न पठाउँदा, सार्वजनिक स्थान तथा भिडभाडमा लग्दा एक्लै नछाड्न आग्रह गरेको छ ।

प्रकाशित : २०७८ माघ २९, शनिबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ