फागुन ३ गते सार्वजनिक विदा


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले ०७७ चैत १३ को निणर्यनुसार फागुन ३ गते मंगलवार सार्वजनिक विदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिएको आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १, आईतवार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ