ओलीले सार्वजनिक गरे मन्त्री आलेको आपत्ती जनक अडियो


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आपत्ती जनक अडियो बाहिर आएको छ ।

मन्त्री आलेले अश्लिल शब्द बोलेको अडियो जगत् ओलीले सार्वजनिक गरेका हुन् । अडियोमा मन्त्री आलेले पुरै अश्लिल शब्द बोलेका छन् । तर मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ