एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गर्ने भएका हुन् । एमसीसी सदनमा टेबल गर्ने तयारी गरेपछि नेपाल बन्दको घोषणा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ