सवारी लाइसेन्स : अब आफ्नै सवारी साधनले ट्रायल दिन पाइने


विराटनगर । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय, धनकुटा र उदयपुरले मंगलबार एक सूचना जारी गर्दै प्रयोगात्मक परीक्षामा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने जानकारी गराएका हुन् ।

सेवा कार्यालयले आगामी फागुन ५ गतेदेखि हुने परीक्षामा आफ्नै सवारीसाधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । परीक्षार्थीको सवारीसाधन कानुनबमोजिम मान्यता पाएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘परीक्षार्थीको ब्लु बुक नवीकरण भएको हुनुपर्ने, सवारीसाधनको तेस्रो पक्ष बीमा अनिवार्य गरेको हुनुपर्ने, ट्राइल दिन आउँदा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) भएको व्यक्तिसँग आएको हुनुपर्ने र सवारीसाधन सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ले निर्दिष्ट गरेको मापदण्डबमोजिम भएको हुनपर्ने छ ।’

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ