एमाले अध्यक्ष ओली, नेता भट्टराईसहित ५ जनामाथि भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।

बिहीबार अनेरास्ववियूले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालिन प्रधान मन्त्री ओली र तत्कालिन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो ।

त्यस्तै स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सिसिएमसीका तत्कालिन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

त्यस्तै भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापक रुपमा भित्राउने उदेश्यले प्रचार प्रसारका लागि राज्यकोषको करौडौको रकम हिनामिना भएको भन्दै तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गरिएको उनले बताए ।

अनेरास्ववियूका तर्फबाट बागमति प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गरेका हुन् । उजुरी दर्तासंगै ओली लगायतका नेता पनि भ्रष्टाचारका आरोपी बनेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ