स्थानीय निर्वाचनको मिति घोषणा भएसंगै गाउँ-गाउँमा उम्मेदवारको चर्चा


धर्मेन्द्र पासवान, लहान । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने सरकारले निर्णय गरेसंगै बोदे बर्साईनमा चुनावी सरगर्मी बढ्दै गईरहेको छ । आउँदो स्थानीय तहको चुनावमा अब पार्टीका नेताहरु पुनः कसरी भोट (मत) हातपार्न सकिन्छ भन्ने रणनीति बुन्न लागिरहेका छन् ।

यस अघिको निर्वाचनमा नेताहरुले गरेका चुनावी प्रतिबद्धता के-कति पुरा गर्‍यो त्यो मत दिने जनताले अवश्य नै मूल्याङकन गर्नेछ आउदोँ चुनावमा । देशमा संघीयता आईसकेपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अवसर र चुनौती एकैपटक कतिपय नेताहरुले बताउँदै आएका छन् ।

वि.स. २०६८ सालको जनगणनाअनुसार बोदे बर्साईन नगरपालिकाको ४३ हजार २ सय २९ जनसंख्यामध्ये २२ हजार २ सय ३९ मतदाता रहेका थिए । तीमध्ये ११ हजार २ सय ८६ पुरुष र १० हजार ९सय ५३ महिला मतदता रहेको थियो ।

स्थानियतह चुनावमा मेयर (प्रमुख) पदमा १७ हजार २ सय ४२ मत खसेको थियो । जसमा १४ हजार ४ सय ४५ सदर र २ हजार ७ सय ९७ मत बदर भएको थियो । नगर प्रमुखका लागि १३ जनाले उम्मेदवारी दिएका थिए । तर एकपटक अगामी चुनावको मत परिणाम हेर्न स्थानीयहरुले प्रतीक्षा गरिरहेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बोदे बर्साईन नगरपालिकाको नगर प्रमुखका लागि रस्साकस्सीकाबीच तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार आतेश कुमार सिंह निर्वाचित भएको हो । उनले ४ हजार ५ सय ४७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी तत्कालिन राजपाका अमरेन्द्र यादवले ३ हजार २ सय ९८ मत ल्याएका थिए ।

नेपाली काङग्रेसका करमैत यादवले १७ सय २९ मत ल्याएका थिए, भने हाल अहिले लोसपा प्रवेश गरि सकेका छन् । भने नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दिलिप यादवले १५ सय २९ मत प्राप्त गरेका थिए । नेपाल जनता दलको चुनाव चिन्ह लिएर स्वतन्त्र चुनाव लडेका इस्लामले १७ सय ४० मत उ अहिले एमाले प्रवेश गरी सकेका छन् । नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार मिस्टर कमाल अहम्द ७ सय ५९ मत पएको थियो ।

यद्यपी कतिपयले अवसरको सदुपयोग गर्दै पुनः भारी मत आफ्नै पोल्टोमा पार्न सक्ने गरी जनविश्वास जिते भने कतिपय आलोचित बने । अबको चुनावमा त्यसको प्रतिफल त देखिने नै छ ।

अब आगामी निर्वाचनमा जसपाबाट हालका नगर प्रमुख आतेश कुमार सिंह, लोसपाबाट अमरेन्द्र यादव, एमाले इस्लाम मियाँ माओवादी केन्द्रबाट दिलीप यादव, नेपाली काङग्रेसबाट ई. दिपेन्द्र यादव उम्मेदवार हुने चर्चा चलि रहेको छ । कसको अनुहार दोहोरिन्छ र को नयाँ थपिन्छन् हेर्न बाँकी नै छ ।

अहिले पार्टीहरुमा आएको उथलपुथल र राजनीति उतारचढावका कारण यसअघिको भन्दा आगामी निर्वाचनको नतिजामा उल्लेख्य परिवर्तन हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ