प्रदर्शनकारीले यसरी गरे MCC को ‘अन्त्येष्टि’


काठमाडौं । नयाँ बानेश्वरमा अमेरिकी सहायता परियोजना एमसीसी (MCC) विरुद्ध आज पनि प्रदर्शन भएको छ ।

विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एमसीसीको प्रतिनिधित्व गर्ने गरी सांकेतिक रुपमा एमसीसीको अन्त्येष्टि गरेका छन् । एमसीसीलाई लिएर पाँचदलीय गठबन्धन नै टुट्ने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा यसलाई संसदबाट पारित गराउन दलीय सहमतिको अन्तिम प्रयासमा लागिरहेका छन् भने एमसीसीको विपक्षमा प्रदर्शन पनि चर्किरहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ