मधेस: ट्रयाक्टरको ठक्करले एक जनाको मृत्यु, तीन जना घाइते


पर्सा । पर्साको सखुवाप्रसौनीमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

शुक्रबार सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना. ७ त ५३७८ नम्बरको ट्रयाक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् । घाइते हुनेमा पसलका साहु सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौँडाका रामकुमार तामाङ रहेका छन् ।

तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक फरार छन् ।

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ