Good News : टी-२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी


काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् ।

पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

फिलिपिन्सविरुद्ध नेपालले ३६ रनमा सुरुको दुई विकेट गुमाएको थियो । त्यसपछि कुशल भुर्तेल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी साझेदारी गरेका हुन् ।

प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार १४:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ