भारतीय टेस्ट टिमको कप्तानमा पनि रोहित शर्मा


काठमाडौं । भारतको टेस्ट क्रिकेट टिमको कप्तानको जिम्मा रोहित शर्माले पाएका छन् । यसअघिका कप्तान विराट कहलीले राजीनामा दिएपछि ३४ वर्षका शर्मा कप्तान बनेका हुन् ।

भारतले आउँदो मार्च १ देखि श्रीलंकासँग दुई टेस्टको श्रृङखला खेल्दैछ । सम्भवतः रोहितले सोही खेलदेखि टेस्ट टिमको कप्तानी गर्नेछन् । हाल उनले एक दिवसीय र टी–२० क्रिकेटमा पनि भारतको कप्तानी गर्दै आएका छन् ।

भारतीय टेस्ट टिमको कप्तानमा केएल राहुल, जसप्रित बुम्राह र ऋषभ पन्तको पनि चर्चा थियो । तर छनोटकर्ताहरुको नजरमा रोहित परेका हुन् ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ