कांग्रेस प्रवक्ता महतको दावी- एमसीसी आज टेबल हुन्छ


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले अमेरिकी सहयोग परियोजना (एमससी)सम्झौता आज संसद्मा टेबल हुने दाबी गरेका छन् ।

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले सहमतिबाट टेबल गर्ने प्रयास भइरहेको भन्दै टेबल हुनेमा आफू विश्वश्त रहेको बताए । ‘पास–फेल दोस्रो कुरा हो, कहाँ–को उभिन्छ त्यो अर्को कुरा हो, तर टेबल हुन्छ,’ उनले भने ।

यस्तै, कांग्रेस सांसद मीन विश्वकर्माले पनि आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

अहिले एमसीसीका विषयमा दलहरूबीच सहमति जुटाउने कसरत जारी छ । गठबन्धनका नेताहरु छलफलमा ब्यस्त रहेको बुझिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ