Breaking- एमसीसी टेबल गर्न गठबन्धनमा सहमति


काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

भर्खरै बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उनले भने ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ ।

उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । नेकपा एसले भने एमसीसी पेस भए पनि संशोधनबिना पास गर्न नहुने बताएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार ११:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ