एमसीसी विरुद्ध प्रदर्शन : प्रहरीले हान्यो रबरको गो’ली


काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ ।

संसद भवनभित्र एमसीसी टेबल भइरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठनले विरोध जारी राखेका छन् ।

झण्डै ४ घण्टादेखि विरोध जारी छ । आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पेट्रोल छर्केर बीच सडकमा आगो बालेका छन् ।

पानीको फोहोरा र अश्रुग्याबाट पनि आन्दोलनकारी हटाउन नसकेपछि प्रहरीले रबरको गो’ली प्रहार गरेको छ । प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइते समेत भएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ