राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने


सप्तरी । सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस कलेज आइकन हुने भएको छ ।

किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारीअन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ ।

उनीहरूलाई अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट छनोट गरेको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ ।

राजविराजमा हुने ग्राण्ड फिनाले कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन– २०२२ छनोट गर्नेछ । फाइनलका लागि तयारी भइरहेको लायन्स क्बल अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ ।

अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडिओका लागि समेत मौका दिइनेछ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ