१८ जिल्ला न्यायाधीशका लागि परीक्षा, ३ जना मात्र पास


काठमाडौं । १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् ।

न्याय सेवा आयोगकाे आग्रहमा लाेक सेवा आयोगले परीक्षाा लिएकाे थियाे । आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो ।

न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

छनौट हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन् । न्यायाधीशका लागि १९६ जनाले परीक्षा दिएका थिए । ती मध्ये तीन जनामात्रै पास भएका हुन् ।

परीक्षामा कुल अंकको कम्तिमा ५० प्रतिशत नम्बर ल्याउने व्यक्ति मात्र योग्य हुन्छन् । तीनजना बाहेक अन्यले ५० प्रतिशत अंक कटाउन नसकेका हुन् ।

प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार ०६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ