काठमाण्डौंमा डिशहोम फाईवरनेटको एकैदिन चारवटा सोरुम उद्घाटन


काठमाडौं । नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच डिश मिडिया नेटवर्क लिं.का विक्री महाप्रबन्धक रमेश सापकोटाले गर्नुभएको हो ।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।

त्यस्तै सि. एम. ट्रेङ्गिङको सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो भने स्टोम नेटवर्क तर्फबाट मंगल गुरुङ, र रमेश के. सी. उपस्थिती रहेको थियो ।

एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्नेछन् ।

बिगत लामो समयदेखी डिशहोमसंग सहकार्य गर्दै आउनुभएका डिशहोम डिलरदाईहरुले अव छुट्टै सोरुम मार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगायत विक्री पछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्रदान गर्ने जानकारी सोरुम संचालकहरुले दिएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ