मधेसका निर्वाचन अफिस घेराउ, किसानका माग पुरा गरेपछि मात्र चुनाव गर्न माग


जनकपुरधाम । जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् । ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको -याली नगरका विभिन्न भागको परिक्रमा गर्दै निर्वाचन कार्यालय घेराउ गरेको थियो । किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने उनीहरूले चेतावनी पनि दिएका छन् ।

जनमत पार्टीले किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबीजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ