सिरहा, धनुषासहित काँग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍यो


काठमाडौं । नेपाली काँग्रेसका १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ ।

फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । काँग्रेसले बुधबार सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार ०६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ