हृदयेश त्रिपाठी समूहले MCC को पक्षमा मतदान गर्ने


काठमाडौं । हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा उभिएको छ ।

एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।

‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ ।’

यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपा पनि एमसीसीको पक्षमा मतदान गर्ने बुझिएको छ । जसपा भने मौन देखिन्छ । सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा उभेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार १२:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ