क्रसर उद्योगमा आगलागी, २० लाख बढीको क्षति


सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार ११:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ