जसपाका को को जाँदैछन् आज एमालेमा ? हेर्नुस् डिटेल


काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्जसहित केन्द्रीय नेताहरू एमाले प्रवेश गर्न लागेका छन् ।

कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आफैं पोखरा आएका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायतका नेता पोखरामा छन् ।

आज जसपाका गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य गणेशमान गुरुङ, तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र गण्डकी प्रदेश उपाध्यक्ष दीपक तामाङलगाययतका नेताहरू एमाले प्रवेश गर्दैछन् ।

पोखरा महानगरपालिकाको निर्वाचनमा तेस्रो शक्ति रहेको जसपाका प्रभावशाली नेताहरू एमाले प्रवेशको चर्चासँगै आगामी निर्वाचनलाई यसले प्रभावित पार्ने बताइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ