पल शाहको तस्वीर अंकित टिशर्टमा नायिका पुजा, भन्छिन्- पलबिना अधुरो छु


काठमाडौं । प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् ।

आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् ।

‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् । पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए ।

पुजाले यसरी जवाफ दिइन्, ‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ । मेरो काँधमा यसो गरिरहेको छ ।’

उनले थपिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेमगीत-२ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला ? उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’

‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।’ – नेपाल प्रेस

प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ