एमसीसी नलिँदा नेपालकाे अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झाैतालाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा सङ्कट आउन सक्ने बताएका छन् ।

आज शुक्रवार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक सङ्कट आइपर्न सक्ने बताएका हुन् ।

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र सङ्कट पैदा हुन सक्ने उनले बताए । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिचकिचाउने उनले बताए ।

नेपालमा धेरै रेमिट्यान्स भित्रिने देशहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको उपाध्यक्ष पाण्डेले बताए । उनले भने, ‘ती देशहरूसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा सङ्कटमा फस्न सकिनेछ ।’

उनले भने, ‘अहिले विश्व बैंक, दक्षिण एसियाली बैंकले नेपालले निश्चित सहयोग दिने गर्दछ । अन्तर्राष्ट्रिय मुद्रा काेषले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । यसले हामीलाई विदेशी मुद्रामा आइपर्ने चापलाई केही न केही सन्तुलन गर्ने मद्दत गरिरहेको छ । यो सम्बन्ध ५५ अर्ब रुपैयाँकाे एमसीसी नलिने कुरासँग केही छैन । तर अमेरिकाले तिमीले लिएनौ, मैले दिन्नँ, अन्त बाँडिदिन्छु भनेर सहज रूपमा लिएर गयो भने प्रश्न छैन । तर नेपालजस्तो देशले मेरो पैसा नलिने भनेर अप्ठ्याराेमा पार्‍याे भने हामी जोखिम र सङ्कटतर्फ प्रवेश गर्छाैँ ।’

प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ