जसपा MCC को पक्षमा कि विपक्षमा ? आज निर्णय लिने


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे हालसम्म निर्णय गर्न नसकेको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्णय लिने भएको छ।

आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि शुक्रवारदेखि सुरु भएको हो । जारी केन्द्रीय कार्यकारिणी समिति बैठकमा आज एमसीसीबारे आधिकारीक धारणा तय गर्ने तयारी रहेको नेताहरुको भनाइ छ।

शुक्रबारको बैठकमा कार्यकारिणी सदस्यहरुलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन रहेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ