दुर्घटनामा वडाध्यक्ष कार्कीको मृत्यु


काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका १ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

फागुन ८ गते रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका १२ मा कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको शुक्रबार राति साढे १० बजेतिर न्यूरो अस्पताल बासबारी काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

दुर्घटना लगत्तै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कार्कीलाई थप उपचारका लागि दुई दिनअघि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध कार्की सुर्खेतका कान्छा वडाध्यक्ष थिए ।

२०४८ सालमा जन्मेका उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । भेरीगंगा जेसीजका संस्थापक उपाध्यक्ष थिए ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ