पल शाह अभिनित फिल्मका निर्माता थापा प्राइम टिभीबाट पक्राउ


काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले बतायो ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ