सिरहामा अन्तर्राष्ट्रिय कबीर सन्त सम्मेलन


जनकपुरधाम । सिरहा जिल्लाको सिरहा नगरपालिका ७ महिसौथामा अन्तर्राष्ट्रिय कबीर सन्त सम्मेलनको आयोजना हुने भएको छ ।

विश्व एवम् समाजमा फैलिएका विकृति विसंगति उन्मुलन गर्ने उद्देश्यले फागुन १७ र १८ गते सम्मेलनको आयोजना हुन लागेको कबीर सद्विचार महामण्डल नेपालको राष्ट्रिय अध्यक्ष दुखि प्रसाद यादवले जानकारी दिए ।

रामऔतार साहेबको विशेष उपस्थितिमा सो सम्मेलन हुन लागेको उनले बताए । विश्वमा शान्ति स्थापनार्थ र मानव कल्याणको उद्देश्यले आयोजना हुन लागेको सो सम्मेलनमा नेपाल र भारतका दर्जनौ सन्तहरुको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ