माओवादी कार्यकर्ताहरु MCC विरुद्ध प्रदर्शन नगर्ने, नयाँबानेश्वर पुगेकाहरु फिर्ता !


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसी विरुद्धको आन्दोलन छाडेका छन् ।

एमसीसी विरुद्ध प्रदर्शन गर्न नयाँबानेश्वर पुगेका माओवादी कार्यकर्ता फर्केका हुन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आज प्रदर्शन नगर्ने बुझिएको छ ।

माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । यद्यपि केही अन्य दलका कार्यकर्ता प्रदर्शन गरिरहेका छन् ।

बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । एमसीसीमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दैछ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १४:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ